मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन्।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गरेका हुन्।
सरकारले रुकुम (पूर्व) को सदरमुकाम तोक्ने, मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने तथा विद्युत प्रसारण लाइनका लागि १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने लगायत १३ वटा महत्त्वपूर्ण निर्णय गरेको छ।
साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णयहरू गरेको हो।
बैठकले साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने ‘नेपाल दिवस’ कार्यक्रममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति दिने निर्णय गरेको छ।
यसैगरी, मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रदेशसभा सदस्य परशुराम खापुङलाई पठाउने निर्णय भएको छ।
यस्ता छन् बैठकका १३ निर्णयहरु :

प्रकाशित: ८ श्रावण २०८२ १७:२९ बिहीबार





