२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

इम्बोस्डको अपारदर्शी अर्थ राजनीति बन्द गरः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले इम्बोस्डको अपारदर्शी अर्थ राजनीति बन्द गर्न आव्हान गरेका छन्। संविधानले नचिन्ने भाषा र लिपि इम्बोस्डमा प्रयोग गर्न नपाइने भन्दै उनले यस्तो धारणा राखेका हुन्। 

‘देवनागरी लिपिमा विद्युतीय सङ्केत सङ्ख्या लेखिनुपर्ने संविधानको मर्म र भावना एवं संविधानको व्याख्याको बर्खिलाप गर्न पाइन्न,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारी कामकाजको भाषा देवनागरी लिपिमा हुनुपर्छ, संविधानले नचिन्ने भाषा र लिपिमा गर्न पाइन्न– इम्बोस्डको अपारदर्शी अर्थ राजनीति बन्द गर ।’

प्रकाशित: १८ भाद्र २०८२ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App