नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ।
निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दिनका लागि अहिलेसम्म ६ जनाले मनोनयन फारम लगेका छन्।
विशेष महाधिवेशन अन्तर्गत गठित केन्द्रीय निर्वाचन समितिले मंगलबार दिउँसोदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु गरेको थियो।
साँझसम्म सभापतिका लागि ६ वटा र अन्य पदाधिकारी तथा सदस्य पदका लागि ३५ भन्दा बढी फारम वितरण भएको समितिले जनाएको छ।
फारम खरिद गर्नेहरूको नाम भने गोप्य राखिएको छ। निर्वाचन समितिले फारम वितरण गर्दा व्यक्तिगत रेकर्ड नराखेको र उम्मेदवारी दर्ताका क्रममा मात्र आधिकारिक रेकर्ड राखिने स्पष्ट पारेको छ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले साँझ ६:३० बजेदेखि औपचारिक रूपमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिए।
प्रकाशित: २९ पुस २०८२ १८:२० मंगलबार





