१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विशेष पक्षधरले भन्यो: महाधिवेशनको घोषित मिति प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सोमबार घोषणा गरेको १५ औँ महाधिवेशनको मितिबारे विशेष महाधिवेशन पक्षधरले ‘साझा धारणा र अपिल’ सार्वजनिक गरेको छ। सोमबार साँझ जारी गरेको अपिलमा पुस २६ गतेदेखि २८ गतेसम्म तोकिएको महाधिवेशनको मिति प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक रहेको टिप्पणी गरिएको छ। 

‘केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६ देखि २८ को महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्य तालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको छ,’ अपिलमा भनिएको छ, ‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ।’ 

अपिलमा कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका शृङ्खलाहरू अवरुद्ध गरिए विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य रहेको उल्लेख गरिएको छ। 

यस्तै केन्द्रीय समितिले माघ मसान्तसम्मको म्याद थप गरेको विषयमा पनि विशेष महाधिवेशन पक्षधरले प्रश्न उठाएका छन्। ‘पौष २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो?  यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ,’ अपिलमा भनिएको छ। 

यसैबिच आम चुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ? यसको निष्पक्षता र वैधताको आधार के हो? भन्ने प्रश्न उठाउँदै यसलाई गम्भीरतापूर्वक हेरिरहेको अपिलमा उल्लेख छ। 

May be an image of text
May be an image of text

प्रकाशित: १५ मंसिर २०८२ २०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App