१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सभामुखले बोलाए दलका प्रमुख सचेतक र सचेतकसहितको बैठक

सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतक र सचेतकसहितको बैठक बोलाएका छन्।

सभामुख अर्यालले सत्तारूढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएका हुन्। बैठक आज मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकलाई छलफलमा बोलाएको हो।

प्रकाशित: २१ वैशाख २०८३ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App