सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखहरूसँग भेटवार्ता गरेका छन्। उनले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेको सचिवालयले जानकारी दिएको छ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदानप्रदान गरिएको थियो।
साथै, संघीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा कुराकानी भएको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: ३० चैत्र २०८२ १२:३८ सोमबार





