राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन्।
चन्द्रगढीमा आज आयोजित कोण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिए। लामिछानेले जनचाहनाअनुरुप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतका माध्यमबाट निर्णय गर्ने पनि बताए।
यस्तै, उनले विधिको शासन स्थापनालाई प्रमुख विषयका रूपमा उठान गर्ने दाबी समेत गरे।
प्रकाशित: १२ फाल्गुन २०८२ १५:१२ मंगलबार



-600x400.jpg)

