१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

समाजवादले सामाजिक विभेद हटाउँछ : अध्यक्ष नेपाल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रहेको सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताएका छन्।

पार्टी निकट अखिल नेपाल महिला संघद्वारा आज आयोजित प्रशिक्षण र तीज विशेष कार्यक्रममा उनले समाजमा सबै प्रकारका विभेद हटाएर समानता, न्याय, मानव अधिकार, समानुपातिक, समावेशी प्रतिनिधित्वका माध्यमबाट समाजवादतर्फको अर्थतन्त्र विकास गर्न सकिने बताए।

अध्यक्ष नेपालले संविधानले निर्देश गरेको न्याय र समानतामा आधारित प्रणालीले महिलाको राजनीतिक र प्रशासनिक प्रतिनिधित्व बढिरहेको तथा शिक्षा, स्वास्थ्य, उद्यमशीलताले सम्पत्तिमाथिको स्वामित्वमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे।

उनले महिला हिंसा कम गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रयास भएको र सामाजिक सशक्तीकरणको पर्वका रूपमा तीजलाई सद्भावका रूपमा मनाउनुपर्ने बताए।

महिला संघका इन्चार्ज र पार्टी उपाध्यक्ष जयन्ती राईले तीज पर्वको मौलिक विशेषता संरक्षण, सांस्कृतिक पक्षको प्रवर्द्धन गर्दै विकृति हटाउनुपर्ने उल्लेख गरे। त्यसका लागि महिलाहरू सचेत भएर राम्रा पक्ष अनुसरण गर्नुपर्नेमा उनले जोड दिए।

त्यस अवसरमा नाचगानसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

प्रकाशित: १ भाद्र २०८२ २१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App