संघीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने छन्।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनउपर छलफल हुने छ। यो बैठक दिउँसो १ बजे बस्ने छ।
यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने छ। यो बैठकमा मानवअधिकार सम्बन्धी छैटौं कार्ययोजनाको मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग छलफल गरिने छ।
प्रकाशित: १२ श्रावण २०८२ ११:०८ सोमबार





