२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

सिटौलाको आग्रहः विशेषका नाममा खैलाबैला उचित छैन, वृहत एकता चाहिएको बेला छ

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले अहिलेको अवस्थामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई नै कार्यान्वयन गर्नु नै पार्टीको एकताको सूत्र भएको बताएका छन्। शुक्रबार पत्रकारसँग कुराकानी गर्दै नेता सिटौलाले अहिले विशेष महाधिवेशनका नाममा पार्टीभित्र भइरहेको खैलाबैला पनि उचित नभएको बताएका हुन्।  

‘आजको आवश्यकता विशेष महाधिवेशन होइन, निर्वाचन हो,’ सिटौलाले भने, ‘त्यसैले पार्टीभित्र वृहत एकताको आवश्यकता हुने बेला हो यो। यस्तो बेला पार्टीभित्र जुन खैलाबैला भएको छ, यो उचित छैन।’

पार्टी जोगाउन र पार्टीभित्रको एकता जोगाउन कार्यसम्पादन समितिले निर्णय भएको उनले दाबी गरे। उनले भने, ‘पार्टीको निर्णय कि त सर्वसम्मतिले हुन्छ, कि त बहुमतले हुन्छ। पार्टीको निर्णयलाई मान्नु पार्टीका सबै पदाधिकारी र सदस्यहरूको मूल कर्तव्य हुन्छ।’  

पार्टीको हितका लागि अहिले कार्यसम्पादनको निर्णय मान्न केन्द्रदेखि वडासम्मका नेताकार्यकर्तालाई उनले आग्रह गरे।  

प्रकाशित: २५ पुस २०८२ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App