२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

गायिका त्रिशला गुरुङद्वारा रास्वपा बन्दसूचीमा नबस्ने घोषणा

गायिका त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक बन्दसूचीमा नबस्ने घोषणा गरेकी छन्। शुक्रबार फेसबुकमार्फत स्वतन्त्र हैसियतमै बस्ने भन्दै त्रिशलाले उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन्। 

उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको सिफारिसमा रास्वपाको बन्दसूचीमा परेकी थिइन्।  उनले उम्मेदवारका रूपमा सिफारिस गरिनु आफ्ना लागि ठुलो सम्मान र जिम्मेवारीको विषय भएको बताउँदै अवसरका लागि आभार व्यक्त गरेकी छन्। 

‘यद्यपि, गहन आत्म मूल्यांकनपश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ त्रिशलाले लेखेकी छन्, ‘यस निर्णयको मूल कारण भनेको मेरो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पु¥याउने मेरो दृढ संकल्प हो।’ 

राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पु¥याइरहने उनले बताएकी छन्। 

प्रकाशित: १८ पुस २०८२ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App