४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सञ्चार तथा पर्यटनमन्त्री बनाउन जेन-जीसँग गायक राजेश पायलको माग

गायक राजेश पायल राईले जेनजी पुस्तालाई आफूलाई सञ्चार तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन् । अन्तरिम सरकारको चर्चा चलिरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री नमागेको बताउँदै सञ्चार र पर्यटन सम्हाल्न सक्ने दाबी गरेका छन् ।

आफूलाई पर्यटन र सङ्गीतको विकास बारे राम्रो जानकारी रहेको दावी राईको छ । उनले असम्भव केही नहरेको बताउँदै आँट गर्दा सम्भव हुने त्यो सम्भव गराउन आफू तयार रहेको बताए ।  

सबैभन्दा धेरै विदेश आफू गएको दावी गर्दै हुने नपत्याए राहदानी चेक गर्न सकिने उल्लेख गरेका छन् ।

प्रकाशित: २७ भाद्र २०८२ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App