१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। सोमबार (आज) रास्वपा मुख्यालय वनस्थली च:मति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर लामिछानेको पक्षमा हस्ताक्षर नगरेको प्रष्ट्याए। ''हामी पनि न्यायका लागि लड्दै आएका हौँ। यो हस्ताक्षर हौसिएर गरेका होइनौँ,' उनले भने, 'बुझेरै हस्ताक्षर गरेका हौँ।'

लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।

अरु राजनीतिक पार्टीका नेताहरूले हस्ताक्षर नगरिरहेको सन्दर्भमा राउतले भने हस्ताक्षर गरेका हुन्।

प्रकाशित: ३० असार २०८२ १७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App