७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

सिगास गाउँपालिकाले हटायो आइतबारको बिदा

संघीय सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदाको व्यवस्था गरेपनि  बैतडीको सिगास गाउँपालिकाले आइतबारको बिदा हटाउने निर्णय गरेको छ।  

गाउँपालिकाले सूचना जारी गर्दै आइतबारका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरू नियमित रूपमा सञ्चालन हुने जनाएको हो। 

प्रमुख प्रशासकीय अधिकृत बोहराद्वारा जारी सूचनामा नेपाल सरकार, गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था लागू गरे पनि सिगास गाउँपालिकाको भौगोलिक कठिनाइ तथा प्रतिकूल मौसमका कारण सातामा दुई दिन बिदा हुँदा नागरिकले सेवा प्राप्त गर्न समस्या भोग्नुपरेको उल्लेख गरिएको छ। 

सूचनाअनुसार स्थानीयवासीबाट सेवा प्रवाहमा असहजता भएको गुनासो आएपछि गाउँ कार्यपालिकाको असार ४ गते बसेको बैठकले आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रकाशित: ६ असार २०८३ १७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App