८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेतृत्वमा श्रेष्ठको आकांक्षा

नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने कुरामा आशंका व्यक्त गरेका छन्। पार्टी केन्द्रीय समितिको बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएका बेला आइतबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले भदौ २३ र २४ गतेको जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर रहेकाले निर्वाचन हुने कुरामा राजनीतिक दल र आम जनता ढुक्क हुन नसकेको दाबी गरेका हुन्। 

‘चुनाव हुन्छ हुन्न,’ अहिलेको परिस्थितिले शंका उत्पन्न भएको जनाउँदै उनले भने,‘भदौ२३ र २४ गतेको घटनाले आतंकित बनाइयो। यो राष्ट्र कता जाने दुबिधा छ ।’ लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजिओद्वारा विस्थापित गर्न खोजिएको तर्क गर्दै श्रेष्ठले लोकतन्त्र, राष्ट्रियता र सार्वभौम सत्तामा खतरा उत्पन्न भएको बताए। 

राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहकार्य गरेर अघि बढ्नुपर्ने तर्क गर्दै उनले भने,‘राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेनजी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको बताउँदै श्रेष्ठ कांग्रेसको नेतृत्वका लागि उनले आकांक्षा व्यक्त गरे। ‘शेरबहादुरजी पछि मैले कांग्रेसमा काम गरेको हुँ । ढिलै भए पनि उहाँले नेतृत्व हस्तान्तरण गर्नुभयो,’ उनले भने,‘अरू नेताले त्यो अग्रसरता देखाएनन्।’

प्रकाशित: २ कार्तिक २०८२ १९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App