नेपाली कांग्रेस नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीहरूसँग छलफल गरेका छन्। महाधिवेशनको मितिका विषयमा पार्टीभित्रको विवाद पेचिलो बनेका बेला शुक्रबार बिहान उनले छलफल गरेका हुन्।
कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन्। विशेष महाधिवेशनको पक्षमा रहेका थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी थिएनन्।
प्रकाशित: १४ कार्तिक २०८२ १०:५२ शुक्रबार





