२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शीतल निवास बैठक: निर्वाचन सम्पन्न गर्ने समझदारी

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच बसेको बैठकमा फागुन २१ गते हुने निर्वाचन सम्पन्न सफल पार्ने समझदारी बनेको दाबी गरिएको छ। राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार दिउँसो प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग छलफल गराएका थिए। सो छलफलमा मुलुकको समस्याको मुख्य निकास निर्वाचन नै भएकाले निर्वाचन नै सम्पन्न गर्ने समझदारी बनेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दाबी गरे।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो,’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै पोखरेलले भने, ‘यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो।’

राष्ट्रपति पौडेलको कुरामा दलका शीर्ष नेता सहमत भएको उनले दाबी गरे। जेन–जी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग प्रत्यक्ष कुराकानी गरेकी हुन्।

प्रकाशित: ८ पुस २०८२ १८:३६ मंगलबार