२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

शर्माको आरोप: प्रधानमन्त्रीले संसद् र सांसदको अपमान गर्नुभयो

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र सांसदको अपमान गरेको आरोप लगाएकी छन्। बिहीबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा शर्माले प्रधानमन्त्री ओलीका प्रति यस्तो आरोप लगाएकी हुन्।

'यति धेरै तथ्य र आधारका प्रमाणमा हामी संसद्‌मा बोल्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालका कन्टेन्ट निर्माण गर्ने थलो हो भनेर संसद् र सांसदलाई जसरी अपमान गर्नुभयो, यसका प्रति म खेद व्यक्त गर्दछु। र, देशका प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी नगर्न र यो शोभनीय हुँदैन भन्ने विषयको पनि ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनिन्।

अगाडि उनले भनिन्, 'संसद्‌मा हिजो प्रधानमन्त्रीज्यूले सरकारका १२ महिनाका उपलब्धि सुनाउनुभयो। आफ्नो उपलब्धिभन्दा धेरै समय विपक्षीहरू कटाक्ष गर्नुभएका प्रधानमन्त्रीले सरकारका उपलब्धि सुनेर अचम्म परे होलान्‌सम्म पनि भन्न भ्याउनुभयो। विगतमा निरन्तरता र मिथ्याङ्क सुनेर के अचम्म मान्नु र ? तर, बहुविवाहसम्बन्धी कानूनलगायतका विषयमा प्रधानमन्त्रीको झुट अभिव्यक्तिबाट म साँच्चै अचम्मित भएँ। मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ३३, अपराध संहिताको दफा १७५ मा उपदफा ५ पछि थपिएको खण्ड 'क'को विषय राम्रोसँग अध्ययन गर्न म प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु। जहाँ घुमाएर बहुविवाहलाई वैधता दिने कुरा गरिएको छ।'

प्रकाशित: २९ श्रावण २०८२ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App