१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादीको कर्णाली प्रदेशसभा दलको नेताबाट शर्माको राजीनामा, प्रलोपामा संलग्न

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शर्माले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्।

शर्माले संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर एक पत्र लेख्दै राजीनामा दिएको पत्र बाहिरिएको छ।  पत्रमा ‘प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा’बाहेक थप कुरा उल्लेख छैन। दलको नेताबाट राजीनामा दिए पनि सांसद पदबाट भने बाहिरिएका छैनन्। 

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १६ वाम घटक दल एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि उनी त्यो पार्टीमा खुलेका थिएनन्। त्यो एकता प्रक्रियामा नगएर जनार्दन शर्मासहितका केही नेता डा. बाबुराम भट्टराईसँग मिलेर भर्खरै प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) बनाएका छन्। पूर्व मुख्यमन्त्री शर्मा पनि सोही पार्टीमा खुलेका छन्। शर्मा जनार्दन शर्माका भाइ पनि हुन्। 

प्रकाशित: १७ मंसिर २०८२ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App