नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेतृत्व परिवर्तनको विषयमा प्रमुख दलहरूको अवस्थालाई लिएर घुमाउरो तरिकाबाट नेकपा माओवादी (केन्द्र) तर्फ व्यंग्य गरेका छन्। बहुदलीय व्यवस्थाको स्थापनापछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ, प्रमुख दलको अवस्था भन्दै उनले माओवादीमा सुरुवातकलादेखि अहिलेसम्म पुष्पकमल दाहालको मात्र नेतृत्व रहेको देखाउन खोजेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा नेतृत्व परिवर्तनको विषयमा पक्ष र विपक्षमा बहस चलिहरको समयमा महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को नेतृत्वको तालिकासहित सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनको पोस्टमा एमालेको तर्फबाट ५ जना, कांग्रेसका ४ जनाले नेतृत्व गरेको देखाइएको छ भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल मात्र एकल नेतृत्वमा देखिन्छन्।
उनले गरेको पोस्ट यस्तो छ:
बहुदलीय व्यवस्थाको स्थापना पछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ प्रमुख दलको अवस्थाः
नेकपा९एमालेको मुख्य नेतृत्व–मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली
नेपाली काँग्रेसको मुख्य नेतृत्वः कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा
नेकपा९माओवादी केन्द्रको मुख्य नेतृत्वःपुष्पकमल दाहाल प्रचण्ड
प्रकाशित: २२ श्रावण २०८२ ०८:२४ बिहीबार





