प्रतिनिधि सभा सदस्य निर्वाचन दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले)बाट उम्मेदवार बनेका शंकर पोखरेलले चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन्।
उनले विभिन्न शीर्षकमा साढे १७ लाख रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई जानकारी गराएका छन्।
उनले मतदाता नामावली खरिदमा ५० हजार, सवारी साधनमा तीन लाख ५० हजार, सवारी इन्धनमा घोडा प्रयोग गरेकाले दानासमेत तीन लाख, प्रचार प्रसार सामग्रीमा एक लाख ५० हजार, ढुवानी एक लाख ५० हजार, गोष्ठी अन्तरक्रिया एक लाख ५० हजार लगायत गरेर १७ लाख ५० हजार खर्च भएको जानकारी गराएका हुन् ।

प्रकाशित: २७ फाल्गुन २०८२ १७:४४ बुधबार





