नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले नेपालको राजनीतिमा लाज भन्ने शब्द नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका उनले एक्समार्फत मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको प्रशंगमा यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘मलाई आज एमालेकी कार्यकर्ता प्रदेश प्रमुख भण्डारीले होटलमा सुटुक्क एमाले नेतालाई मुख्यमन्त्री नियुक्त गरेको समाचार पढ्दा यो देशमा राजनीतिमा “लाज” भन्ने शब्द नै हुँदैन भन्ने कुरा यथार्थ रहेछ। प्रदेशमा समानुपातिक हटाउने, प्रदेश प्रमुख नराख्ने र ३-५ जना भन्दा बढी मन्त्री नराख्ने बनाऔँ।’
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
प्रकाशित: २४ कार्तिक २०८२ १०:०७ सोमबार





