राप्रपाका संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।
देउवाले पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलनमा बोल्दै 'म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ' भनेका थिए। सोही प्रसंगमा रहेर शाहीले प्रश्न गरेका हुन्। उनले देउवा हिन्दु हुन् भने हिन्दु राष्ट्र किन हटाइयो भन्दै प्रश्न गरे।
शाहीले हिन्दु राष्ट्र कसको निर्णयमा हटाइयो भन्दै जनतालाई जवाफ दिन आग्रह गरेका छन्। उनले भनेका छन्, 'आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, "म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ" यदि तपाईं हिन्दु हुनुहुन्छ भने मेरो प्रश्न- जनतालाई जवाफ दिनुहोस्, हिन्दु राष्ट्र किन हटाइयो? कसको निर्णयमा हटाइयो?'
यसको जिम्मेवारी देउवाले लिने कि नलिने भन्दै विदेशीको हरियो नोटको प्रभावमा परेर नेपालजस्तो हजारौँ वर्ष पुरानो हिन्दु सभ्यताको देशको हिन्दु राष्ट्रको पहिचान मास्ने काम तपाईँबाट भएको हो कि होइन? भनेर प्रश्न गरे।
यो पनि पढ्नुहोस्
म हिन्दु हुँ, आफ्नो धर्मबारे बोल्न पाउनु मेरो अधिकार हो : देउवाप्रकाशित: ३१ श्रावण २०८३ १४:०९ आइतबार


-600x400.jpg)


-600x400.jpg)