राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको सह-महामन्त्री पदमा दुई नेतालाई मनोनयन गरेको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राज बहादुर शाह र अविसरा सुवेदीलाई कर्णाली प्रदेशको सह-महामन्त्रीक जिम्मेवारी सुम्पिएको छ।
केन्द्रीय सचिवालय बैठकले पार्टीको सांगठनिक सुदृढीकरणका विविध एजेन्डाहरूमा छलफल गर्दै प्रदेश तहका रिक्त पदहरूमा पदपूर्ति गर्ने प्रक्रियालाई अघि बढाएको हो।
यसअघि सोही बैठकले शिक्षा र स्टार्टअप विभागका प्रमुखहरूका साथै र्यापिड एक्सन टिम (आरएटी) मा पनि नयाँ नियुक्तिहरू गरेको थियो।
प्रकाशित: २७ वैशाख २०८३ २०:१२ आइतबार





