२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन सुरु : सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आज (मंगलबार)देखि सुरु भएको छ।

अधिवेशनअन्तर्गत आज बसेको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै अधिवेशनलाई उपलब्धिमूलक बनाउन सदस्यहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल गरे। 

बैठकको विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख प्रतिपक्ष नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले समसामयिक विषयमा आ-आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २४ चैत्र २०८२ १९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App