मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारमा सात दलबीच मन्त्रालयको भागबन्डा लगभग सहमति भएको छ। शनिबार राति भएको छलफलपछि मन्त्रालयको भागबन्डामा दलहरूबीच सहमति बनेको हो।
बैठका जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ। यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को भागमा पनि मधेस सरकारमा तीन मन्त्रालय परेको बताइएको छ।
मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले दुई मन्त्रालयमा सहमति भएको छ। जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ।
मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ।
यसैबीच मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथ ग्रहणसंगै जनमत पार्टीबाट महेशप्रसाद यादव, एकीकृत समाजवादीबाट कनिश पटेल र कांग्रेसबाट जंगीलाल यादव बिनाविभागीय मन्त्रीमा शपथ लिएका छन्। मुख्यमन्त्री यादवले आफ्नो मातृभाषा बज्जिका भाषामा शपथ लिए हुन्।
प्रकाशित: २१ मंसिर २०८२ ११:५८ आइतबार





