११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित केसीले आज शपथ लिएसँगै भोलि प्रतिनिधिसभाका निर्वाचित २७४ सांसदलाई शपथ गराउनेछन्।

प्रकाशित: ११ चैत्र २०८२ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App