१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

तस्बिरमा हेर्नुहोस् कांग्रेसको १५ औं महाधिवेशन

तस्बिर: द्वारिका काफ्ले/नागरिक

नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी भएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु कार्यक्रमस्थल पुगेका छन्।

उद्घाटन सत्रमा सहभागी हुन नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरु मञ्चमा पुगिसकेका छन्।

आइतबार बाट सुरु भएको यो महाधिवेशन आगामी असोज २२ गतेसम्म सञ्चालन हुनेछ। नयाँ नेतृत्व चयन तथा नीतिगत विषयमा छलफल गर्न देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु महाधिवेशनमा सहभागी भएका छन्।

यस पटकको महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने मूल नारा तय गरेको छ।

 

प्रकाशित: १८ आश्विन २०८३ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App