सुकुमबासी बस्तीमा बसेकाहरु सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा जान लागेपछि सुरक्षा व्यवस्था कडा पारिकएको छ।
सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन्। नदी किनारमा घरटहरा बनाएर बस्नेहरू आउन लागेको सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सरकारको निर्णयको विरोध गर्दै सुकुमबासीहरुले शुक्रबार बिहानैदेखि थापाथलीमा प्रदर्शन गरेका थिए। शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रको नदी किनारको बस्ती खाली गर्ने गरी स्थानीय प्रशासनले बिहीबार साँझदेखि नै माइकिङ गरिरहेको छ।
प्रकाशित: ११ वैशाख २०८३ १३:३५ शुक्रबार





