हिजो (बिहीबार) अपराह्न प्रहरीले पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई छाडेको छ।
पुष्करलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई मोबाइल फोनको अनुचित प्रयोग नगर्ने सर्तमा पत्नीको जिम्ममा बिहीबारै राति छाडिएको हो। उनलाई प्रहरी हिरासतमा ७ घण्टा राखेर सोधपुछ गरिएको र उनीमाथि मुद्दा चलाउने किसिमको आधार नदेखिएपछि प्रहरीले छाडेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उनको निजी नम्बरमा म्यासेज गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा सचिव पुष्करलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनीमाथि सरकारी प्रशासनिक संरचनामा पालना गर्नुपर्ने ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको आरोप लगाइएको छ।
पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन्।
प्रकाशित: २२ जेष्ठ २०८३ ०८:३९ शुक्रबार


-600x400.jpg)


-600x400.jpg)