२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

उदयपुर–२ मा रास्वपाको बाजी

उदयपुर क्षेत्र नम्बर -२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर तामाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। पुराना राजनीतिक दलका उम्मेदवारलाई भारी मतले पछि पार्दै तामाङले जित सुनिश्चित गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तामाङले १४ हजार ८ सय २ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत पाएका छन्। तामाङ र रायमाझीबीच ७ हजार १ सय ५४ मतको फराकिलो अन्तर कायम भएको छ।

नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राई ७ हजार २ सय १० मत ल्याएर तेस्रो स्थानमा सीमित भएका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले ५ हजार ९ सय ९७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका बलराज राई ४ हजार १ सय २१ मतसहित पाँचौं स्थानमा रहेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App