२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

शुल्क तिर्न नसकेपनि उम्मेदवार बन्न चाहनेलाई आवेदन दिन रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शुल्क कै कारण उम्मेदवार बन्नबाट बञ्चित हुन नदिने उल्लेख गर्दै आवेदन माग गरेको छ ।  

रास्वपाले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिन चाहने तर आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने विपन्न सदस्यहरूलाई आवश्यक कागजात मंसिर २२ गतेभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको हो ।

पार्टीले शुल्क मिनाहा सम्बन्धी निर्णय छिटो गर्नुपर्ने भएकाले तोकिएको मितिभित्र कागजात पठाइदिन अनुरोध गरेको हो।

पार्टीका अनुसार आवश्यक कागजातहरूको अध्ययन तथा मूल्याङ्कनपछि आवेदन शुल्क मिनाहा गर्ने वा नगर्ने अन्तिम निर्णय मंसिर २५ गतेभित्र पार्टी सचिवालयले गर्नेछ।  

कागजातहरू उम्मेदवार छनोट समिति, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालयमा वा candidateselectionrsp@gmail.com  इमेलमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ।

रास्वपाले विपन्न कार्यकर्तालाई समान अवसर उपलब्ध गराउन कागजात प्रमाणसहित शुल्क मिनाहा प्रक्रियालाई व्यवस्थित गरिएको जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८२ १७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App