२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा सचिवालय बैठक बस्दै, रूपन्देही-३ को उम्मेदवार चयन हुन सक्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दै छ।

पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुनेछ।

बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम पनि हुन सक्ने जनाइएको छ।

प्रकाशित: १५ भाद्र २०८२ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App