राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पार्टी सभापतिको निर्देशनमा सचिवालय बैठक बस्ने जनाएको छ।
पार्टीका अनुसार बैठक चैत १ गते बिहान १०ः०० बजे पार्टी कार्यालय वनस्थली, काठमाडौंमा बस्ने तय गरिएको छ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको जनाइएको छ। साथै बैठकमा अन्य विविध विषयहरू पनि छलफल गरिनेछ।
शनिबार बस्ने भनिएको सचिवालय बैठक सारेर भोलि बिहानका लागि तय गरिएको जानकारी पार्टीले दिएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ ११:४२ शनिबार





