१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षा चुनौतीका कारण रास्वपाको विस्तारित बैठक एक हप्ता पछि सर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिको विस्तारित बैठक एक हप्ताका लागि सारेको छ।

पार्टीले शान्ति-सुरक्षा चुनौतीलाई कारण देखाउँदै पूर्व निर्धारित बैठक अब २०८२ कात्तिक २१ र २२ गते गर्ने निर्णय गरेको हो।

शनिबार साँझ बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकले उक्त निर्णय लिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार, बैठकका लागि प्रस्तावित स्थान नजिकै एकादशी मेला लाग्ने भएको र उक्त मेला व्यवस्थापन समितिले शान्ति-सुरक्षामा चुनौती हुन सक्नेबारे जानकारी गराएपछि बैठक सार्ने निर्णयमा पुगिएको हो।

‘विस्तारित बैठकको प्रस्तावित स्थान वरपरमा हुने एकादशी मेला र व्यवस्थापन समितिका अध्यक्षले गर्नुभएको शान्ति-सुरक्षा चुनौतीबारेको वस्तुगत ब्रिफिङलाई ध्यानमा राख्दै केन्द्रीय समितिको विस्तारित बैठक पूर्व निर्धारित समयभन्दा एक हप्तापछि सारिएको छ,’ प्रवक्ता झाले भने।

पार्टीले बैठकको स्थान भने खुलाएको छैन।

प्रकाशित: २ कार्तिक २०८२ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App