राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा रुपन्देही क्षेत्र नम्बर २ मा विवाद देखिएको छ।
रास्वपाले सुरुमा बालेन टिमबाट आशिष सुवेदीलाई टिकट दिएको थियो। उनी हङकङ आइडी कार्ड धारक हुन्। उनीमाथि विवाद आएपछि फेरि रास्वपाले सभापति रवि लामिछाने निकट अधिवक्ता सुलभ खरेललाई टिकट दिएको छ।
खरेल पनि विवादमै मुछिएका पात्र हुन्। उनले जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत जलाउन उक्साएको आरोप छ। रवि अमेरिका रहँदादेखिको नजिकका साथी रहेका खरेलले सर्वोच्च जले पनि आफूलाई खुसी लागेको सामाजिक सञ्जालमार्फत बताएका थिए।


प्रकाशित: ६ माघ २०८२ १२:११ मंगलबार





