२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा राष्ट्रलाई न्याय गर्न जन्मिएको पार्टी हो : स्वर्णिम वाग्ले

रास्वपा उपसभापती डा. स्वर्णीम वाग्लेले महाधिवेशनमा नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएको बताएका छन्।

आइतबार रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै उनले रास्वपा सिंगो राष्ट्रको संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी  रहेको दाबी गरे।

उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी हो। कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी होइन। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तिब्र आकांक्षा, यसैको राजनीतिक अभिव्यक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी।’

रास्वपा विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको बताउदै उनले आफूहरुले नेपाललाई जिताउन आएको बताए।

‘हामी आमूल सुधारको राजनीति मार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ’, उनले भने,‘ हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ। केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ।’

इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिने बताउँदै उनले यसको सदुपयोग गर्ने बताए।

प्रकाशित: ७ असार २०८३ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App