१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका विषय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (सोमबार) बस्ने भएको छ।

बैठक आज दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा विधान संशोधन, महाधिवेशन कार्यविधिको मस्यौदा र प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिने लगायतका ९ वटा मुख्य कार्यसूचीमाथि छलफल हुनेछ। बैठकमा सहभागिताका लागि सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकका प्रस्तावित एजेन्डाहरूमा केन्द्रीय पदाधिकारीहरूको मनोनयन, स्थानीय तह उम्मेदवार क्लब गठन र सचिवालयका निर्णयहरूको अनुमोदन समावेश छन्।

यस्तै, संसदीय दलको विधान संशोधन, विषयगत विभागहरूको योजना तयारी र विभिन्न निकायबाट प्राप्त पत्राचारका सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०८३ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App