३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

उपसभामुख हटाउने तयारीपछि रास्वपाको चेतावनी : सदनमा नाटक रचिए सडकले जवाफ दिनेछ

फाइल तस्बिर

सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रयास थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध जनाएको छ। 

रास्वपाका प्रवक्ता मनिष झाले यसको आलोचना गर्दै सरकारमाथि परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको आरोप पनि लगाएका छन्। 

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एकजना चेली जो बेचिन बाध्य भइन्। समाजसँगको विभिन्न तहको लडाई लड्दै असहाय बालबालिकालाई आश्रय दिँदै परिवर्तनको लागि सुधारिएको राजनीतिक अभ्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएर उपसभामुखको पदसम्म पुग्न सफल भइन्।’  

उनले अगाडि लेखेका छन्, ‘परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेका ओली र देउवालाई यो समावेशिताको परिवर्तन सह्य भएन। सुन्दै छौँ हस्ताक्षर सङ्कलन हुँदैछ। सामाजिक लडाई लड्दै आएकी एक जनजातिको छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन्। नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ।’

प्रकाशित: ३ भाद्र २०८२ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App