१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो: आउनेलाई स्वागत, पार्टी ‘कब्जा’ गर्ने नियतको खुला प्रतिवाद

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी बनाउने चाहना भएकालाई स्वागत गर्ने जनाएको छ। तर, पार्टी कब्जा गर्ने नियतका साथ आउनेलाई भने खुला प्रतिवाद गर्ने पनि भनेको छ।

चितवनमा चलिरहेको पार्टीको विस्तारित केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डिपी अर्यालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

‘वैकल्पिक राजनीतिक दलमध्ये जनअनुमोदनका दृष्टिले सबैभन्दा ठुलो हुनुको नाताले पनि परिवर्तनकारी दल, संगठन, समूह वा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपाको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा हामी पूर्ण सचेत र गम्भीर छौँ।’ 

पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग ‘सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी’ आफू नै भएको कार्यवाहक सभापति अर्यालले दाबी गरेका छन्। ‘तर, त्यस बेला उहाँहरूले पत्याउनु भएन,’ उनले लेखेका छन्। 

अहिले पनि आउन चाहनेहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहेको प्रतिवेदनमा उल्लेख छ। अगाडि भनिएको छ, ‘तर, यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ। पार्टी बनाउने चाहानालाई स्वागत छ। तर, ‘कब्जा’ गर्ने नियतको चाहिँ खुला प्रतिवाद गर्छौ नै।’ 

प्रकाशित: २१ कार्तिक २०८२ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App