१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो: प्रेसलाई त्रसित बनाउन चालिएको कदम स्वीकार्य छैन, तत्काल निष्पक्ष छानबिन होस्

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पहिचान नखुलेका सवारी साधन विभिन्न सञ्चारमाध्यमको अगाडि राखेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी राख्दै यो घटनाको तत्काल र निष्पक्ष छानविन गर्न माग गरेका छन् ।  

उनले विज्ञप्तिमा भनेका छन्, ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रव‌ृत्तिका अवाञ्छित क्रियाकलपा राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन भन्ने स्पष्ट पार्दछौँ ।’

आचार्यले स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको बताउँदै यसको रक्षार्थ रास्वपा सदैव कटिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।  

आचार्यले जारी गरेको विज्ञप्ति पढ्नुहोस्  

यो पनि पढ्नुहोस्

किनेको पाँच दिनमै पब्लिकेसन अघि राखियो गाडी, बाँकी दुई निजी कार 

काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडी भेटिएका थिए । तीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानीमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ ।  

यातायात व्यवस्था विभागको विवरणअनुसार, कान्तिपुर पब्लिकेशनअगाडि पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले पाँच दिनअघि मात्र नामसारी गरेको पाइएको छ ।  

त्यस्तै, अनलाइनखबरको कार्यालयअगाडि रहेको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको विभाग स्रोतले जनाएको छ।

यस्तै, हिमालय टेलिभिजनअगाडि राखिएको बा.१० च १२५५ नम्बरको गाडी पनि एक निजी व्यक्तिको नाममा दर्ता रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, तीनै गाडी त्यहाँ कसले र किन राख्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

यो पनि सञ्चारमाध्यमका कार्यालयअगाडि राखिएका गाडीमा सुरक्षा खतरा भेटिएन 

प्रकाशित: २९ असार २०८३ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App