उपसभामुख इन्दिरा रानालाई हटाउने कुरामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले पनि सत्ता पक्षलाई साथ दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कटाक्ष गरेको छ।
प्रवक्ता मनिष झाले यी दुई पार्टीले परिवर्तनको कुरा गरे पनि पदको लालच राख्ने गरेको आरोप लगाएका हुन्।
उनले लेखे, ‘मुद्दा परिवर्तनको बोक्छ, लालसा पदको राख्छ। विद्रोह शक्तिको गर्छ, पूजा सत्ताको गर्छ। (जनमत र नाउपा)’
प्रकाशित: ३ भाद्र २०८२ १५:०७ मंगलबार





