२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका हो : सांसद दुलाल

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड दिएका छन्। उनले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रस्तावप्रति विमति जनाए।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाले पार्टीको प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्वाचनमा जाँदा जनताको बीचमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनेर भनेको रास्वपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका र बेइमानी बाहेक अरु केही पनि नभएको बताए।

यसपालिको निर्वाचनको हार सधैंका लागि नभएको बताउँदै उनले भने, ‘हामी आवधिक चुनावमा यो पटक तपाईंहरूसँग हारेका हौं, सधैंका लागि हारेका होइनौं। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउने छौं।’

प्रकाशित: १४ असार २०८३ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App