राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार शुक्रबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय पारित गरेको हो।
उपसभामुखका लागि ठाकुरसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आजै बस्ने प्रतिनिधिसभाको बैठकबाट उपसभामुख चयनको प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित: २७ चैत्र २०८२ १३:५७ शुक्रबार





