७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा प्रतिभा रावलको उम्मेदवारी

चितवनमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु हुँदैछ। 

यसबिच पार्टीकी सहप्रवक्ता तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। 

सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराउँदै उनले भनेकी छन्, ‘सबैको साथ र सहयोगको अपेक्षासहित 🙏’

भरतपुरमा हुने महाधिवेशनको उद्‌घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन्। महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिको बैठकले पार्टीको विधान संशोधन गर्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित गरेको थियो। संशोधित विधान अनुसार अब पदाधिकारीमा महिलाको सहभागिता अनिवार्य गरिएको छ।

यस महाधिवेशनले नयाँ नेतृत्व चयन, विधान संशोधन र भावी राजनीतिक रणनीति तय गर्ने मुख्य प्राथमिकता राखेको छ। करिब तीन हजार ९१८ प्रतिनिधि सहभागी हुने यस महाधिवेशनलाई रास्वपाले संगठन सुदृढीकरणको अवसरका रूपमा लिएको छ।

प्रकाशित: ७ असार २०८३ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App