सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्नेबारे छलफल गर्ने भएको छ।
रास्वपाले बिहीबार पार्टी कार्यालयमा संसद्मा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकहरूसँग विशेष समिति गठनका विषयमा प्रारम्भिक छलफल गर्न लागेको हो।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बुधबार सर्वदलीय बैठकमा भएको छलफलअनुसार ‘रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तन’ सम्बन्धमा संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल हुने बताए।
प्रकाशित: १ आश्विन २०८३ १२:०९ बिहीबार





