राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम्स म्यागाजिन’ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा सूचीकृत भएकोमा बधाई ज्ञापन गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शाहको यस उपलब्धि ऐतिहासिक भन्दै उच्च सम्मान व्यक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा संसदीय दलले प्रधानमन्त्री शाहलाई सम्मान दिने निर्णय गरेको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले यस उपलब्धिलाई नेपाल र नेपालीका लागि गौरवको विषयका रूपमा लिएको छ।
बैठकमा सभापति लामिछानेले यो गौरवपूर्ण उपलब्धिले समग्र राष्ट्रको प्रतिष्ठा चुलिएको बताए।
‘यस ऐतिहासिक अवसरले लोकतान्त्रिक मूल्य मान्यता, जवाफदेहिता र मुलुकको रूपान्तरणप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउन महत्वपूर्ण मद्दत पुग्नेछ।’ रविले भने।
प्रकाशित: ३ वैशाख २०८३ १८:४५ बिहीबार





