४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

राप्रपा प्रवक्ता श्रेष्ठको आग्रह : नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बनौँ

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बन्न आग्रह गरेका छन्।

उनले नेपाललाई विदेशीको खेल मैदान बनाउने प्रपञ्चका विरुद्ध चनाखो बन्न भन्दै सबैलाई यस्तो आग्रह गरेका हुन्।

'नेपाललाई विदेशीको खेलमैदान बनाउने प्रपञ्चका विरुद्ध चनाखो बनौं,' उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बनौं।'

यस्तै श्रेष्ठले भदौ २३ को नरसंहार किन गरेको भन्दै ओली र लेखक-एमाले र कांग्रेससँग जवाफ समेत माग गरेका छन्। साथै भदौ २४ को विध्वंस र उत्पात किन गरेको, कसले दिने हो जवाफ भन्दै कसले लिने हो जिम्मेवारी भनी प्रश्न समेत गरे।

'भदौ २३ को त्यत्रो नरसंहार किन गरेको? ओली र लेखक-एमाले र कांग्रेस जवाफ देऊ,' उनले लेखेका छन्, 'भदौ २४ को त्यत्रो विध्वंस र उत्पात किन गरेको? कसले दिने हो जवाफ? कसले लिने हो जिम्मेवारी?'

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नवीन समझदारी गर्न आह्वान पनि उनले गरेका छन्।

प्रकाशित: ६ आश्विन २०८२ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App