१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राप्रपाले भन्यो: मध्यरातमा प्रसाईं पक्राउ गरेर सरकारको तानाशाही प्रवृत्ति देखायो, बिनासर्त रिहा गर्नू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा निवासबाटै पक्राउ गरिएको घटनाको निन्दा गरेको छ।

राप्रपाले सरकारको यो कदमलाई अमानवीय भन्दै प्रसाईंको बिना सर्त रिहाइ गर्न माग गरेको हो।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले अभिव्यक्ति दिएकै आधारमा प्रसाईंलाई सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक भएको जनाएको छ।

प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र अप्रजातान्त्रिक एवं तानाशाही प्रवृत्ति प्रदर्शन गरेको राप्रपाको ठहर छ।

‘प्रसाईंलाई अविलम्ब र बिना सर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

राप्रपाले यस घटनालाई नागरिकको मौलिक हकमाथिको प्रहारको रूपमा लिएको जनाएको छ।

No description available.

प्रकाशित: २ मंसिर २०८२ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App