३० कार्तिक २०८२ आइतबार
image/svg+xml ६:१० पूर्वाह्न
राजनीति

कुलिङ पिरियड प्रकरणमा राप्रपाको प्रश्न- सभापतिले राजीनामा दिएर मात्रै पुग्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुलिङ अफ पिरियडमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर मात्रै नपुग्ने बताएको छ। बिहीबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद ध्रुव प्रधानले सभापतिले मात्रै राजीनामा दिएर पुग्छ ? भनेर प्रश्न गरेका छन्।

'राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ। कुलिङ अफ पिरियड, यति जनाको आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारले राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरा विचारणीय छ। अहिले संसदीय समितिको छानबिन पछाडि प्रकरणहरू जुन अगाडि आए, जुन निर्णयहरू आए। त्यस्ता सम्माननीज्यूहरूबाट हुने थुप्रै निर्णयहरूमा यदि त्यसमा त्यस्तै खालका नियतवश केही कुराहरूको प्रलोभनमा गरिएका कुराहरूमा नैतिकताको आधारले राजीनामा दिएर मात्रै पुग्ने हो कि होइन ?,' उनले भने।

प्रधानले उक्त प्रकरणमा नियतवश गल्ती गरिएको पनि जिकिर गरे। 'जसले नियतवश गल्ती गरेको छ, त्यो सजायको भागी भएन भने यो प्रक्रियामा सबैजना; जति पनि माननीयहरू हुनुहुन्छ, कुनै न कुनै कारणवश नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था हुन्छ। तर, पनि सदनको गरिमा बढेको छ। निराकरणको प्रक्रियासम्म रहेको छ,' उनले भनेका छन्।

उक्त प्रकरणमा विवादित बनेपछि सभापति खतिवडाले राजीनामा दिएका छन् तर, अहिले समिति सदस्यहरूका प्रति पनि प्रश्न उठ्ने गरेको छ। प्रधानले यही विषय उधिनेका हुन्।

प्रकाशित: २९ श्रावण २०८२ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App